चार हजार ९४५ भित्रिए, ४५३ बाहिरिए, २३ दिनमा ९५ हजार प्रवेश
गोरखापत्र अनलाइन ,
जेष्ठ २५, २०७७ आईतवार
कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । आइतबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ९४५ जना नेपाली नेपाल भित्रिएका छन् भने उक्त नाकाबाट ४५३ भारतीय नागरिकसमेत भारत बाहिरिएका छन् ।