लमजुङका गाउँमा धान रोपाइँ शुरु
गोरखापत्र अनलाइन ,
जेष्ठ २५, २०७७ आईतवार
लमजुङका किसानले मुख्य खाद्यबाली धान रोप्न शुरु गरेका छन् । असार नलाग्दै जिल्लाका ग्रामीण भेगमा धान रोप्न शुरु गरिएको हो । खेतमा लगाएको आलु, गहुँ, प्याज, लसुन थन्काएर किसानले धान रोप्न थालेका छन् । मस्र्याङदी गाउँपालिका ५ घेर्मुका किसानहरु यतिबेला धमाधम धान रोप्दैछन् ।
स्थानीय किसान बेलप्रसाद गुरुङका अनुसार गाउँको घेर्मुफाँटमा धान रोप्न थालिएको छ । खेतमा लगाइएको आलु, गहुँ, प्याज, लसुन थन्काएर धान रोप्न थालेको उहाँले...