कर्णालीमा थप ९८ जना सङ्क्रमित , कुल सङ्ख्या ५८७ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २४, २०७७ शनिबार
कर्णालीमा कोरोना सङ्क्रमितहरुङ थपिने क्रम द्रुत गतिमा बढिरहेको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ५८७ पुगेको छ । शुक्रबार कर्णालीमा १०० जना र बिहीबार ११४ जनामा सङ्क्रमण देखिएको थियो ।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको...