स्याङ्जाका १० सङ्क्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए
गोरखापत्र अनलाइन ,
जेष्ठ २४, २०७७ शनिबार
कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा एकै पटक १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यहाँको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा आठ जना र हरिनास गाँउपालिकाका घर भई पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित पुष्टि हुनेहरू जेठ १८ गते स्वाब लिएका वालिङका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्ष उमेरका पुरुषहरू रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० वर्ष उमेरका पुरुषहरू...