प्रदेश नं १ बाट ३० कोरोना सङ्क्रमित घर फिर्ता
रासस
जेष्ठ २३, २०७७ शुक्रबार
प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । निको भइ घर फर्केनेको सङ्ख्या ७८ पुगेको छ ।