रौतहटमा थपिए ६५ कोरोना सङ्क्रमित, सबै भारतबाट आएका, कुल सङ्क्रमित ३८३
गोरखापत्र अनलाइन ,
जेष्ठ २२, २०७७ बिहीबार
रौतहटमा बिहीबार थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८३ पुगेको छ ।
काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको ईशनाथ, गुजरा, माधवनारायण, गढिमाई, चन्द्रपुर, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो ।