क्वारेन्टाइनस्थलमै माइकिङमार्फत जनचेतना जगाउँदै सुरक्षा प्रमुखहरू
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७७ बिहीबार
जिल्ला स्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वारेन्टाइनको अनुगमनसहित कोरोना भाइरस रोकथाम विषयमा जनचेतना दिँदै हिँडेको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायब निरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेनासहित सबै सुरक्षा निकायको टोलीले क्वारेन्टाइनको अनुगमन तथा जनचेतना जगाउने काम गरिरहेको हो ।