गण्डकीमा थपिए १६ कोरोना सङ्क्रमित, सङ्क्रमित सङ्ख्या ५४ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २२, २०७७ बिहीबार
गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोना सङ्क्रमित भएका छन् । बिहीबार पुष्टि भएका १६ जनासँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जनामा नयाँ कोरोना सङ्क्रमित पुष्टि भएकाे हाे ।
बाग्लुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका...