कोरोना जितेका युवालाई नर्सले फूल दिईन्, प्रहरीले हतकडी लगायो
गोरखापत्र अनलाइन ,
जेष्ठ २१, २०७७ बुधबार
कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ । युवती हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो ।