कोरोना सङ्क्रमितलाई अछाम अस्पतालको आइसोलेसनमा उपचार शुरु
गोरखापत्र अनलाइन
जेष्ठ २१, २०७७ बुधबार
मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएका १० जनालाई अछाम अस्पतालको आइसोलेसन कक्षमा ल्याएर उपचार प्रारम्भ गरिएको छ । मेल्लेख गाउँपालिकाका–४ कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक जना र अछाम अस्पतालका एम्बुलेन्स चालकलाई आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मनोज विष्टले जानकारी दिनुभयो ।