दैलेखमा सङ्क्रमित बढ्दै, रोकथाममा अन्याेल
रासस
जेष्ठ २१, २०७७ बुधबार
कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६औँ दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर गएको छ । मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । एक जना सङ्क्रमितको मृत्यु पनि भएको छ ।