जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
गोरखापत्र अनलाइन ,
जेष्ठ २०, २०७७ मंगलवार
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं १ को लालीघाट भिरमा बाेलेरो जीप दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको छ । स्थानीय लालीघाट बजारबाट सामान लिएर गाउँपालिकाको कार्यालय कुमालगाउँ जाने क्रममा उकालोमा ब्रेक फेल भएर जीप दुर्घटना भएको हो ।