रौतहटमा एकै दिन थपिए ७४ सङ्क्रमित, सबै भारतबाट आएका, कुल ३०७
गोरखापत्र अनलाइन ,
जेष्ठ २०, २०७७ मंगलवार
रौतहटमा एकै दिन ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३०७ पुगेको छ ।
काठमाडौँको टेकु अस्पतालमा गरिएको परीक्षणमा रौतहटको राजपुर, परोहा, राजदेवी, गौर, गढिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।