logo
२०८० चैत्र १५ बिहीवार



चीनमा १०६ वर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

अन्तर्राष्ट्रिय |


चीनमा १०६ वर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप


बेइजिङ, मङ्सिर १४ गते । चीनमा १०६ वर्षे वृद्ध व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबैभन्दा वृद्ध हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड–१९ खोपको ५० करोड डोज दिइएको छ ।

चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन् । साठी वर्षभन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?