logo
२०८० चैत्र १६ शुक्रवार



दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी


सोल, माघ ११ गते । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा आठ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी सङ्क्रमितसहित कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या सात लाख ४९ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ ।

यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको सङ्ख्या पनि बढेको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा सङ्क्रमण देखिने पनि गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?