logo
२०७९ जेष्ठ १० मंगलवार



दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

अन्तर्राष्ट्रिय |


दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु


जुबा, माघ १२ गते । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।

सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?