विदेश | फिचर |

कोरोनाका कारण ओमनमा एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान स्थगन

गाेरखापत्र अनलाइन

काठमाडौं, पुस ७ गते । कोरोनाका कारण ओमनमा एक साताका लागि सम्पूर्ण हवाई स्थलमार्गबाट हुने आवागमन बन्द गरिएको छ । ओमनस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दैै उक्त कुरा जानकारी गराएको हो । आजदेखि लागु हुनेगरी २९ डिसेम्बरसम्मको लागि आवागमन बन्द गरिएको हो ।
कोरोना भाइरस फैलावटको अवस्था हेरेर आगामी निर्णय लिइने दूतावासले जनाएको छ । तत्काल ओमान नेपाल यात्राका क्रममा रहेका नेपालीलाई सोही बमोजिम व्यवस्थापन गर्न दूतावासले अनुरोध गरेको छ ।