दक्षिण कोरियाबाट नेपालीले आज स्वास्थ्य सामग्री,उपकरण पठाउँदै
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २१ गते । दक्षिण कोरियामा कार्यरत नेपालीले सङ्कलन गरेको स्वास्थ्य सामग्री र उपकरण आज नेपाल पठाइने भएको छ । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले आज कोरियन एअरको विशेष चार्टर उडान बाट पठाउन लागिएको जानकारी दिएको छ ।
उक्त विमानबाट एक लाख मास्क, ३ सय थान पीपीई, २४० बोतल सेनिटाइजर र ५ सय थान अक्सिमिटर लगायत औषधि आउनेछ । गैर आवासीय सङ्घ दक्षिण कोरिया, कोरियास्थित विभिन्न सङ्घसस्था, नेपाली मूलका कोरियाली नागरिकले सहयोग जुटाएर दूतावासलाई हस्तान्तरण गरिसकेको दूतावासले बताएको छ ।
यसै गरि खाडी मुलुकमा रहेका नेपाली लगायत विभिन्न देशमा कार्यरत नेपालीले नेपालमा अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामग्री पठाउनेक्रम जारी छ । विदेशमा रहेका नेपालीले नेपालमा भूकम्प लगायत विभिन्न विपत्तिआउँदा सहयोग गर्दै आएका छन् ।