विदेश | मुख्य समाचार |

डा .खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त 

काठमाडौँ, असार २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।    
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।