कला शक्ति हो नामक कार्यक्रम आयोजना गरियो
गोरखापत्र समाचारदाता
काठमाडौं, असोज २८ गते । किशोरकिशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले कला शक्ति हो नामक कार्यक्रम आयोजना गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको सो कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरी सहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल कला गोष्ठीमा सहभागी जनाएका थिए ।
१८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो ।
कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका बिषयलाई नीतिनिर्मातासम्म पु¥याउने अवसरमाप्रदानगर्ने लक्ष्य राखेको प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भन्नुभयो, “हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमाहामीले युवाजमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका हौं ।
उहाँले थप्नुभयो, “किशोरकिशोरीहरुको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताकालागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउनेछ ।”
कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको हो ।
५ जना क्यानभास कलाकारसहित ११ जनाकलाकारले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए ।
किशोर किशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्वर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिनेछ ।