प्रधानको कृति ‘म्हिगःनिसें थौं, किपूया छुँ पक्ष’ सार्वजनिक
गोरखापत्र समाचारदाता
कीर्तिपुर, पुस ५ गते । कीर्ति रिसर्च सेन्टरको पहिलो प्रकाशन प्रयागमान प्रधानद्वारा लिखित ‘म्हिगःनिसें थौं, किपूया छुँ पक्ष’ (कीर्तिपुर – हिजोदेखि आजसम्मको केही पक्ष) कीर्तिपुर नगरपालिकाका संस्कृति, पर्यटन समितिका अध्यक्ष साथै वडा नं २ का वडा अध्यक्ष रमेशमान डंगोलले एक कार्यक्रमबीच विमोचन गर्नुभएको छ ।
बज्रमुनि बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमोचित कृतिबारे सेन्टरका उपाध्यक्ष कर्णबहादुर महर्जनले समीक्षा गर्नुभएको हो ।
प्रमुख अतिथि डंगोलले कीर्तिपुरको सम्पदा संरक्षण, सम्वर्धन गर्न नगरपालिकाले सहकार्य गरी अगाडि बढ्दै जाने कुरामा विश्वास व्यक्त गर्नुभयो । ।