सर्जक सम्मानित
गोरखापत्र समाचारदाता
काठमाडौं,माघ १७ गते । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले दुई सर्जकलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकारद्वय डा.राजेन्द्र विमल र विमला तुम्खेवालाई सम्मान तथा पुरस्कृत गरेको हो । साहित्यकार शशी लुमुम्बुकाे अध्यक्षमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा.गङ्गाप्रसाद उप्रेतीले डा. विमललाई ५० हजार रुपियाँको थैलीसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
त्यसैगरी कुलपति उप्रेतीले कवि तुम्खेवालाई एक लाख रूपियाँ नगदसहित पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २००८ देखि हरेक वर्ष दुई जना नेपाली साहित्य क्षेत्रका साधक सर्जकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको साहित्यकार शशी लुमुम्बुले बताउनुभयो ।