समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने चलचित्र निर्माण गर्न मन्त्री गुरुङको आग्रह
गोरखापत्र अनलाइन
काठमाडौं, चैत ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन चलचित्रकर्मीहरुलाई आह्वान गर्नुभएको छ । आदिवासी जनजाति चलचित्र महासंघको बुधबार धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा आयोजिते ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो आव्हान गर्नुभयो ।
मन्त्री गुरुङले मुलुुकलाई समृद्ध बनाउने आधार तयार भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “समृद्ध नेपालः सुुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आफ्नो क्षेत्रबाट यथोचित योगदान दिनुपर्छ ।”
राष्ट्रको समृद्धिमा योगदान पुु-याउने गरी चलचित्र निर्माणमा ध्यान दिन उहाँले आदिबासी चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभयो । “पछिल्लो राजनीतिक परिस्थितिबाट निराश नभई मुलुकको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र क्षेत्रको विकासमा लाग्न म चलचित्रकर्मीलाई आग्रह गर्दछुु” मन्त्री गुरुङले भन्नुभएको उहाँका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।
मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश दिने खालका चलचित्र निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । सबै भाषा, कला र संस्कृतिको बद्धता व्यक्त गर्नुभयो ।
समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्वैष फैल्याउनेखालका गतिविधि हुन नदिन मन्त्री गुरुङले आग्रह गर्नुभयो । सबै जाति, भाषा, धर्म र संंस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङलगायतले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुभयो । गोष्ठी पाँच दिनसम्म चल्ने आयोजकले बताएको छ ।