कला | शनिवार |

नेपालमा मैथिली साहित्य

रामभरोस कापडि ‘भ्रमर’

नेपालमा बोलिने १२३ भन्दा बढी भाषामध्ये मैथिली दोस्रो सबैभन्दा बढी बोलिने (११.६७ प्रतिशत) भाषा हो । मैथिली दोस्रो सबैभन्दा बढी बोलिने भाषा मात्रै होइन, अत्यन्त समृद्ध साहित्य भएको भाषा पनि हो । सातौँ÷आठौँ शताब्दीका सिद्धहरूले रचेका पदहरू, जो पछि बौद्धगानका रूपमा प्रकाशित भए, जसमा मैथिलीका अनेकौँ शब्द विद्वान्हरूले फेला पारेका थिए । महाकवि विद्यापति (लगभग ई. १३६०–१४५० तिर) ले मैथिलीलाई देसिलवयना, अबहट्ठ र मिथिलाप्रभंश भनेर चिनाउने प्रयास गरे । कर्णाट शासक हरिसिंह देवको (ई.१२८५–१३२४) समयमा ज्योतिरीश्वर ठाकुरद्वारा लेखिएको गद्यग्रन्थ
‘वर्णरत्नाकर’ले मैथिली साहित्यमा गद्यलेखन परम्परालाई अति प्राचीन स्वरूप प्रदान गरेको छ ।
नेपालमा मैथिली साहित्य लेखन परम्परा कर्णाट शासक नान्यदेवदेखि हरिसिंह देवसम्म प्रशस्त भएको पाइन्छ । यद्यपि यस अवधिका धेरै सामग्री अझै पनि खोजका विषय रहेका छन् । हरिसिंह देवका मन्त्री चण्डेश्वर योद्धा मात्रै हैन, निपुण शास्त्रवेत्ता पनि थिए । उनले लेखेका संस्कृत ग्रन्थका पाण्डुलिपि अभिलेखालयमा अहिले पनि सुरक्षित छन् । उनले उपत्यका विजय गरी एक वर्षसम्म यहीँ बसेर पशुपतिपुजन र तुलादान गरेको तथ्य गोपाल वंशावलीमा उल्लेख छ । (धनबज्र बज्राचार्य ः गोपालवंशावलीको ऐतिहासिक विवेचन, कीर्तिपुर, २०६४, पृ.४६)
मन्त्री तथा विद्वान् चण्डेश्वर (सं. १३५७–१४०७) ले लेखेका ग्रन्थहरूमा व्यवहार रत्नाकर, विवाद रत्नाकर, कृत्य रत्नाकर, दान रत्नाकर, शुद्धि रत्नाकर, गृहस्थ रत्नाकर, पूजा रत्नाकर गरी सात रत्नाकर छन् । (ज्ञानमणि नेपाल ः जयतरचित महिरावणबध नाटक, विवेचनात्मक अध्ययन, २०४०, पृ.५०) । उनी मैथिलीभाषी विद्वान् हुन् । मैथिली भाषामा पनि रचना अवश्य गरेको हुनुपर्छ । तर पाइएको छैन । यो खोजीको विषय छ । उहाँकै समकालीन ज्योतिरीश्वरले ‘वर्ण रत्नाकर’ लेखे । समस्त भारतीय साहित्यमा यसको प्रचीनताको महŒव दिइएको छ । मैथिली साहित्यको यो आद्यगद्यग्रन्थको प्रामाणिक प्रति पनि नेपालकै दरबार पुस्तकालयबाट प्राप्त गरी पं. हर प्र. शास्त्रीले ई. १९०५ मा विशद् भूमिका सहित प्रकाशित गराएका थिए । (सुनिति कुमार चटर्जी र बबुआजी मिश्र (सं) वर्णरत्नाकर । प्र. रायल एशियाटिक सोसाइटी, बङ्गाल, ई. १९४०, भूमिका ।)
कर्णाट शासनपछि सप्तरीको द्रोणवार वंश, महोत्तरीको ओइनवार वंश, मोरङको राजवंश, सेनवंशहरूले मैथिली भाषा, साहित्यमा प्रशस्त काम गरेका छन् । मैथिलीको आफ्नो लिपि छ, जसलाई तिरहुता, मिथिलाक्षर भनिन्छ, जो अहिले न्यून प्रयोगमा रहेको छ भने प्राचीन अभिलेखहरूमा सीमित हुन पुगेको छ । प्राचीन मैथिली लिपि बङ्गाली र प्राचीन नेवारी लिपिसँग मिल्ने भएकोले पनि धेरै प्राचीन ग्रन्थ भ्रमवश बङ्गाल र काठमाडौँका निजी सङ्ग्रहालयसम्म पुगी ओझेलमा परेका छन् । यसै क्रममा राष्ट्रिय अभिलेखालयमा रहेका लगभग पहिचान भएका एक हजार दुई सय मैथिली ग्रन्थका अतिरिक्त आशा सफु गुथीलगायतका निजी सङ्ग्रहालयमा विद्यापति लगायत मैथिली कविहरू, मल्ल राजाहरू, आश्रित विद्वान्हरूका दर्जनौँ गीत, पद, नाटकहरू थन्किएर बसेका छन् ।
यसरी हेर्दा सातौँ–आठौँ शताब्दीदेखि अहिलेसम्म विभिन्न अवस्थामा मैथिली साहित्य नेपालमा लेखिएका छन्, संरक्षित गरी राखिएका छन् । तर ती प्राचीन रचनाहरू हस्तलिखित रूपमा नै राखिएकाले प्रकाशनको अभावमा साहित्य भण्डार समृद्ध हुन सकेका छैनन् । बरु विदेशी विद्वान्हरू हाम्रै अभिलेखालयहरूबाट पाण्डुलिपि प्राप्त गरी केही ग्रन्थहरू प्रकाशित गरे तर ती कृतिहरू सामान्य पाठकबाट टाढा रहे ।
साहित्यको कालखण्डलाई राम्ररी बुझ्न नेपालमा लेखिने मैथिली साहित्यको समयावधिलाई निम्नानुसार चार कालखण्डमा बाँड्न सकिन्छ । (राम भरोस कापडि भ्रमर ः नेपालको मैथिली साहित्य, समकालीन साहित्य, वर्ष ः १ अङ्क ः ४। प्र. सम्पादक ः कृष्णचन्द्रसिंह प्रधान । ने.रा.प्र.प्र.।)

काल विभाजन
मैथिली साहित्यको काल विभाजनलाई नेपालमा प्राप्त सामग्रीको आाधारमा निम्नानुसार वर्गीकरण गरिएको छ ।
आदिकाल (७५० ई. देखि १३५० ई. सम्म)
पाल शासनकालको मैथिली साहित्य प्रारम्भिक स्वरूप हो । बौद्ध भिक्षुहरूको संरक्षक पनि यिनै पाल राजाहरू थिए । विक्रम विश्वविद्यालयमा ८४ जना भिक्षु बस्थे । सरहपा, भुसुकपा आदिका रचनामा प्राचीन मैथिली शब्दहरू पाइन्छ ।
कर्णाट शासन ई. १०९७ मा सुरु भयो, जहाँ अनेकौँ साहित्य रचिए । एक से एक महान् साहित्यकार विद्वान्हरू भए । ‘वर्ण रत्नाकर’, धूर्त समागम सहित अनेकाँैं कृति यस वंशका अन्तिम राजा हरिसिंह देव (ई. १३२४) का पालाका पनि पाइएको छ ।
मध्यकाल (१३५० ई. देखि १७६८ ई. सम्म)
मैथिली साहित्यक इतिहासमा मध्यकाल स्वर्ण युगको रूपमा चिनिन्छ । मिथिला क्षेत्रमा विद्यापतिको अवतरणपछि त्यसको प्रभाव क्षेत्र विस्तार हुँदै नेपालको मल्ल राजाहरूसम्म आइपुग्दा उपत्यकाका तीनवटै राजदरबारमा स्वयं राजाहरूबाट मैथिली भाषामा पद र नाटकहरूको रचना भएको थियो । मल्लवंशका राजाहरू गीत, सङ्गीत र नाटकका प्रेमी थिए । उनी डबलीमा नियमित गीत, नृत्य र नाटकको रसास्वादन गर्दथे । आपूm पनि लेख्थे र आफ्ना आश्रित विद्वान्हरूलाई पनि लेख्न लगाउँदथे ।
अन्धकार काल (ई. १७६८ देखि १९५० सम्म)
यो समय नेपाल एकीकरणको समय हो । यो बेला मैथिली साहित्यको रचना भएको पाइँदैन । यस बीचमा
‘एकरारनामा’, बहिखत, अजातपत्र, निस्तारपत्र, दानपत्र, राजकीय अभिलेख, चिट्ठी आदिमा मैथिली भाषाको प्रयोग देखिए पनि मौलिक साहित्य रचना भेटिँदैन । त्यसैले यसलाई मैथिली साहित्यको लागि अन्धकार काल भनिन्छ ।
तर शाह कालको अढाइ सय वर्षको अवधिमा मैथिली भाषाका पदहरू विभिन्न विद्वान्को हातबाट प्रतिलिपि गराई राखिएका ताम्रपत्र, प्राचीन कागज (पहेँलो)हरू निजी अभिलेखालयमा प्राप्त भएका छन् । त्यसलाई राम्ररी अध्ययन गरेपछि त्यस कालमा पनि नेपालीबाहेकका भाषाहरूमा रचना सुरक्षित राख्ने प्रचलन रहेको तथ्य अझ प्रमाणिक रूपमा फेला पर्न सक्छ ।

आधुनिक काल (ई. १९५० देखि हालसम्म)
वि.सं. २००७ मा राणाशासन समाप्त भएपछि साहित्य लेखनतिर स्रष्टाहरू अगाडि आउन थाले । राणाशासनमा पनि अन्य भाषामा साहत्यिक रचनाहरू सिर्जना भएको पाइन्छ । तर मैथिलीमा पाइएको छैन । अथवा भए पनि त्यसको संरक्षण हुन सकेन । प्रजातन्त्र आएपछि संस्कृतका विद्वान्हरूले आफ्नो मातृभाषामा लेख्न प्रारम्भ गरे । जो क्रमशः आजको समृद्ध साहित्यसम्म निरन्तर बढी रहेको छ ।
नेपालमा आधुनिक कालको पृष्ठभूमिको रूपमा ई. १९५० मा संस्कृत शिक्षकको रूपमा भारतबाट जनकपुर आउनु भएका पं. जीवनाथ झाको रचनाबाट भयो । उहाँ आपूm पनि मैथिली र संस्कृतमा लेख्नुहुन्थ्यो र अन्यलाई पनि उत्साहित
गर्नुहुन्थ्यो । २०१७ सालपछि मैथिली लेखनले गति लिन थाल्यो । यसको श्रेय भारतबाट नै मैथिली–हिन्दी शिक्षणका लागि जनकपुर आउनुभएका डा. धीरेश्वर झा ‘धीरेन्द्र’लाई जान्छ । उहाँले लेखनसँगै नयाँ पुस्तालाई साहित्यतर्पm प्रेरित गराउनुभयो ।

साहित्य लेखनको अवस्था
कर्णाट कालको ज्योतिरीश्वर ठाकुरको ‘वर्णरत्नाकर’लाई आदि ग्रन्थ मानेर राणाकालको अन्तिम समय सम्मको लेखाजोखा गर्ने हो भने काठमाडौँ उपत्यकाका मल्ल राजाहरूको मैथिली सेवा अविष्मरणीय छ । यही बेला जे जति लेखिए त्यही सम्पति आज मैथिली साहित्यको गौरवशाली सम्पदाको रूपमा रहेको छ । आधा दशकको अवधिमा अनेकौँ पुस्तकको रचना भयो, नाटक लेखिए, गीतहरू लेखिए । यस पछि नेपालको आधुनिक मैथिली साहित्यको प्रारम्भिक अवस्था ई. १९५० बाट सुरु भयो । यस बीचमा कथा, कविता, निबन्ध, नाटक, उपन्यास, समालोचना, यात्रा संस्मरण आदि लेखिए । यी रचनाहरू फुटकर रूपमा जे जति लेखिए पनि पुस्तकाकार रूपमा त्यति आउन सकेन । लगभग सत्तरी वर्ष बितिसक्दा पनि चार÷पाँच सय पुस्तकको नाउँ ठम्याउने अवस्था छैन । पुर्खाहरूद्वारा सिर्जित कृतित्वको भारी टाउकोमा बोक्दै गौरबबोधमा रमाएका हामी मैथिली साहित्यका हस्ताक्षरहरू आफ्नो मातृभाषा साहित्यको उत्थानका लागि के ग¥यौँ, कति पुस्तक लेख्यौँ, कति पत्रपत्रिका प्रकाशन ग¥यौँ । भाषाको जानी जानी बनाइएको कठिन भाषिक स्वरूपलाई सहजीकरण गर्न केकति काम ग¥यौँ । मैथिलीका असली वक्ताहरूलाई जवाफ दिनुपर्ने अवस्था आएको छ ।

अवरोध कहाँ छ ?
पहिलो, मैथिली लेख्न–पढ्न अप्ठ्यारो हुने भएकोले आमसर्जक वा लेखक यसबाट टाढा बस्न खोज्छन् । यसले गर्दा मैथिलीमा प्रकाशकको पनि अभाव छ । दोस्रो, मैथिलीमा पुस्तक नलेखेर पनि पद, पुरस्कार, सम्मान, अर्थलाभ प्राप्त गर्न सकिन्छ भन्ने धारणा मात्र होइन, व्यवहारमै देखिनु । तेस्रो, मैथिलीलाई निरन्तर सरकारी संरक्षणबाट टाढा राखिनु । साथै रोजगार दिन नसक्ने भाषाको रूपमा दरिनु ।
यसका संरक्षणका लागि भारतीय संविधानले व्यवस्था गरेजस्तै भाषा अनुसूचीको व्यवस्था हुनुपर्छ । सम्पन्न भाषाहरूलाई क्रमशः अनुसूचित गर्दै त्यसको संरक्षण–सम्बद्र्धनको व्यवस्था गरिनुपर्छ । नेपालको संविधानले भाग–१ ः प्रारम्भिकको धारा ७ को उपधारा (२) मा लखेको जस्तो “नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ” भन्ने वाक्यलाई आधार मानेर प्रदेश नं २ को कामकाजको भाषा निर्धारण गर्न सके मैथिली साहित्यको उन्नतिमा महŒवपूर्ण योगदान पुग्न सक्छ ।