फोटोग्राफी हिजो र आज तथा प्रतिनिधि नेपाली कलाकार विमोचन
गोरखापत्र समाचारदाता
काठमाडौं असोज १९ गते । लगभग दुई सय वर्षको इतिहास बोकेको फोटोग्राफी कलाका बारेमा विश्वमा अनेको खोज अनुसन्धान र प्रकाशन निस्किएका छन् । नेपालमा भने नेपाली फोटोग्राफी कलाको विस्तृत अध्ययन, खोज र प्रकाशन नआएको परिष्ेक्ष्यमा नेपालमा फोटोग्राफी हिजो र आज (संक्षेपमा) प्रकाशनमा आएको छ । अग्रज फोटो पत्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार लिखित सो पुस्तकको विमोचन एक समारोहका बीच राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले गर्नुभयो । सो अवसरमा कला लेखक ज्ञानेन्द्र विवशद्वारा लिखित प्रतिनिधि नेपाली कलाकार पनि विमोचन गरियो ।