कला | फोटो फिचर | फोटो ग्यालरी |

३३ कलाकारले कोरे प्रत्यक्ष चित्र (फाेटाे फिचर)

काठमाडौं, असोज २१ गते । म्युजियम अफ नेपाली आर्ट (मोना) वार्षिक कला महोत्सव, २०७८ तथा काठमाडौं आर्ट हाउसको एक दिने कला महोत्सव काठमाडौंमा आयोजना गरिएको छ ।

बिहीबार काठमाडौं गेस्ट हाउस, ड्रिम गार्डेन ठमेलमा आयोजित म्युजियम अफ नेपाली आर्ट (मोना) वार्षिक कला महोत्सव, २०७८ तथा काठमाडौं आर्ट हाउसको एक दिने कला महोत्सवको उद्घाटन अभिनेता राजेश हमालले गर्नुभएको थियो ।

नेपाललाई कला गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने र बालबालिकालाई क्यान्सरसँग जुध्न पनि सहयोग गर्ने उद्देश्यले एक दिन कला महोत्सवको आयोजना गरिएको हो । यस कार्यक्रममा कला सामग्रीको प्रदर्शनी र बिक्री पनि गरिएको थियो ।

म्युजियम अफ नेपाली आर्ट (मोना)को वार्षिक कला महोत्सव कल्याणकारी कार्यमा सहयोग गर्दै नेपाली कला र कलाकारलाई प्रकाशमा ल्याउने प्रयास हो । ठमेलस्थित काठमाडौं गेस्ट हाउसमा आयोजना गरिएको एकदिने प्रत्यक्ष कला मेलामा ३३ जना नेपाली कलाकार एकै पटक जम्मा भएका थिए ।

कार्यक्रममा नेपालका केही सुप्रतिष्ठित कलाकारहरूले तत्कालै चित्र बनाउनेछन् भने प्रत्यक्ष साब्गीतिक कार्यक्रम, कला स्टल, अनि खाद्य तथा पेय स्टल राखिएको थियो । त्यहाँ बनाइएका चित्रहरू सर्वसाधारणका लागि खरिदका लागि उपलब्ध गराइएको थियो । यसरी कला बिक्री गरेर प्राप्त रकमको केही अंश कान्ति बाल अस्पताल, काठमाडौंको अब्कोलोजी विभागमा क्यान्सरसँग जुधिरहेका बालबालिकाको सहयोगमा खर्च गरिने छ ।

तस्बिर : मनोजरत्न शाही