आईपीएल बीचमै छोडेर विदेशी खेलाडी फिर्ता हुँदै
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १३ गते । भारतमा कोभिड १९ को बढ्दो सङ्क्रमणका बीच इन्डियन प्रिमियर लिग(आईपीएल)को जारी संस्करणबाट विदेशी खेलाडी घर फर्किने क्रममा बढेको छ । पछिल्लो पटक दुई जना अष्ट्रेलियाली खेलाडी घर फर्केका छन् ।
प्रिमियर लिगको जारी संस्करणबाट अष्ट्रेलियाका केन रिचर्डसन र एडम जाम्पा सोमबार घर फर्केका छन् । दुबै जना रोयल च्यालेन्जर्स बैंगलोरका लागि आईपीएलमा प्रतिनिधित्व गरेका छन् । रियचर्डसनले जारी संस्करणमा एक मात्र खेलमा सहभागी हुनुभएको छ । जाम्पाले भने एक खेल समेत खेल्नुभएको छैन् । फ्रेञ्चाइजले भने ब्यक्तिगत कारणले दुबैजना स्वदेश फर्केका वक्तब्य जारी गरी उल्लेख गरेको छ । यसअघि अष्ट्रेलियाकै एन्ड्रय टाइ आइतबार नै फर्किनुभएको छ ।
स्वदेशी खेलाडी रबिचन्द्रन आश्विन आइतबार देल्ही टोली छोडेर घर फर्किनुभएको छ । उहाँले परिवारसँगै रहने भन्दै घर फर्किनुभएको हो ।