क्रिकेट | खेलकुद |

न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो, इंग्ल्याण्ड चौथो स्थानमा चिप्लियो

गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २० गते । न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थानमा उक्लेको छ । सन् २०१९ को विश्वकप क्रिकेट विजेता इंग्ल्याण्डलाई पछाडि धकेल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको हो । यद्दपी इंग्ल्याण्ड अन्तर्राष्ट्रिय टी ट्वान्टीको शीर्ष स्थानमा यथावत छ । न्युजिल्याण्ड भने टी ट्वान्टी वरियतामा पाँचौं स्थानबाट उक्लेर तेस्रोमा आएको हो ।
बङ्गलादेश बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंला ३–० ले जितेको न्युजिल्याण्डको अब १२१ अङ्क छ । न्युजिल्याण्ड विश्वकप क्रिकेट २०१९ को उपविजेता समेत हो । अष्ट्रेलिया भने दोस्रो स्थानमा उक्लेको छ । उ दुई स्थान माथि उक्लिन सफल भयो । भारत भने दोस्रो स्थानबाट तेस्रो स्थानमा चिप्लिएको छ । ऊ इंग्ल्याण्डभन्दा दशमलब अङ्कले मात्रै अगाडि छ ।
इंग्ल्याण्डले भारत र अष्ट्रेलियाबीचको अन्तर्राष्ट्रिय एकदिबसीय २–१ ले हारेको थियो । पछिल्लो सिजनमै उसले आयरल्याण्डसँग समेत हार बेहोरेको थियो ।
अफगानिस्तान, पाकिस्तान र दक्षिण अफ्रिकाको वरियतामा कुनै परिवर्तन भएको छैन् । अफगानिस्तान अन्तर्राष्ट्रिय एकदिबसीयमा दशौं, पाकिस्तान छैठौं र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।