चौथो दिनको खेल पनि ‘वाश आउट’, भारत र न्युजिल्याण्ड निराश
गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । भारत र न्युजिल्याण्डबीचको टेष्ट खेलको चौथो दिन पनि ‘वाश आउट’ भएको छ । विश्व टेष्ट च्याम्पियनशीपको उपाधिको लागि भइरहेको खेलको चौथो दिनमा समेत निरन्तर पानी परेपछि एक बल पनि फाल्न सम्भब भएन । दुई देशबीचको पहिलो दिनको खेल समेत वर्षाले पूर्णरुपमा अबरुद्ध हुन पुग्यो । चार दिनमा दुई दिनको खेल मात्रै सम्भब भएपछि दुबै टोलिका कप्तान निराश देखिएका छन् । प्रशंसक भने टेष्ट च्याम्पियनशीपको उद्घाटन खेल नै नराम्ररी प्रभाबित हुँदा अझै बढी निराश देखिएका छन् ।
साउथम्पटनमा जारी च्याम्प्यिनशीपको उपाधिको खेलको चार दिन बित्दा हालसम्म मात्र १४१. १ ओभरको खेल सम्भब भएको छ । पहिलो दिनको खेल नभएपनि दोस्रो दिन मात्रै टस भएको खेलमा प्रकाश नपुगेर निर्धारित ९० ओभर हुन सकेन । तेस्रो दिन पुरै खेल हुँदा चौथो दिन पुनः प्रभाबित हुन पुगेको हो ।
खेलका एक दिन आरक्षण गरिएपनि अब दुई दिन मात्रै खेलिने भएकोले कुनै नाटकीय प्रदर्शन नभएको अवस्था आईसीसी विश्व टेष्ट च्याम्पियनशीपको एक मात्र खेल बराबरीमा टुंगिने सम्भाबना बढेको छ ।
भारतले पहिलो पारीमा मात्र २१७ रन जोड्दा न्युजिल्याण्डले दुई विकेटको क्षतिमा १०१ रन जोडेको छ ।