क्रिकेट | खेलकुद |

पहिलो पारीमा न्युजिल्याण्डलाई ३२ रनको अग्रता

गोरखापत्र अनलाइन
काठमाडौं, असार ९ गते । विश्व टेष्ट च्याम्पियनसिपमा न्युजिल्याण्डले पहिलो पारीमा ३२ रनको अग्रता कायम गरेको छ । पाँचौं दिनको खेलमा ९९.२ ओभरमा न्युजिल्याण्डले २४९ रनको योगफल तयार गरेको हो । भारतले पहिलो पारीमा २१७ रन बनाएको थियो ।
मङ्गलबार नै दोस्रो पारी सुरु गरेको भारतले दुई विकेटको क्षतिमा ६४ रन जोडेको छ । भारतले ३२ रनको अग्रता कायम गरेको छ । कप्तान विराट कोहली आठ र चेतेश्वर पुजारा १२ रन बनाएर छैटाैं दिनको खेल अगाडि बढाउनुहुनेछ । वर्षाले दुई दिनको खेल ‘वाश आउट’ भएपछि विश्व टेष्ट क्रिकेटको च्याम्पियनका लागि भइरहेको स्पर्धा आरक्षित छैटाै दिन समेत हुने भएको छ ।
चमत्कारबाहेक एकदिनमै दुई पारी सम्भव नहुने हुँदा भारत र न्युजिल्याण्डबीचको एक मात्र टेष्ट खेलको च्याम्पियनसिपको उपाधिको खेल बराबरीतर्फ उन्मुख हुने सम्भावना बढेको छ ।