क्रिकेट | खेलकुद |

दोस्रो एकदिबसीयमा पनि इंग्ल्याण्डको श्रीलङ्कामाथि जित

गोरखापत्र अनलाइन
काठमाडौं, असार १८ गते । आईसीसी पुरुष क्रिकेट सुपर लिगको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा इंग्ल्याण्डले श्रीलङ्कालाई आठ विकेटले हराएको छ । पहिलो एकदिबसीय खेल समेत इंग्ल्याण्डले जितेको थियो ।
श्रीलङ्काले प्रस्तुत गरेको २४२ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन सात ओभर बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा २४४ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डको पारीमा ओपनर जैसन रोयले ६० तथा जोनी बैरिष्टोले २९ रनको योगदान दिए । दुबै जनाले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे । जोई रुटले ६८ तथा कप्तान इयन मोर्गनले ७५ रनको योगदान दिए । दुबैजनाले तेस्रो विकेटका लागि अविजित १४० रनको साझेदारी गरे ।
श्रीलङ्काका लागि वनिन्डु हसरङ्गा र चमिका करुणारत्नेले सामान एक एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको श्रीलङ्काले २१ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर धनञ्जय डी सिल्भाले ९१ रनको पारी खेलेर श्रीलङ्काको पारी उकास्नुभयो । दसुन शनाकाले ४७ रनको योगदान दिदा दुशमन्थ चमीराले अविजित १४ रन बनाएर श्रीलङ्कालाई ५० ओभरमा नौ विकेटको क्षतिमा २४१ रनको औसत योगफलसम्म पुर्याउनुभयो ।
इंग्ल्याण्डका लागि साम कर्रनले दश ओभरमा ४८ रन खर्चेर सर्बाधिक पाँच विकेट लिनुभयो । देविड विल्लीले चार विकेट लिनुभयो । कर्रन प्लेयर अफ द् म्याच घोषित हुुनुभयो ।