पाकिस्तान बिरुद्धको श्रृखंलामा इंग्ल्याण्ड टोलिमा अधिकांश नयाँ सदस्य
गोरखापत्र अनलाइन
काठमाडौं, असार २२ गते । पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि इंग्ल्याण्ड क्रिकेट टोलिमा नौ जना नयाँ अनुहार समेटिएका छन् । तीन खेलाडीसहित सात जना सदस्य कोभिड १९ बाट सङ्क्रमित भएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डले खेलाडीको पुरै सेट नै लगभग परिवर्तन गरेको छ ।
बेन्न स्टक्सलाई कप्तानको जिम्मेवारी दिइएको छ । सीमित ओभरमा स्टक्स पहिलो पटक कप्तानको जिम्मेवारी पाउनुभएको छ । ज्याक क्राउली, विल जैक्स, ब्राइडन कार्स टोलिमा बोलाइएका छन् । क्राउली यसअघि टेष्ट म्याच खेल्नुभएको छ ।
डान लौरेन्स, क्रैग ओभरटन, देविड पैन, जोन सिम्पसन टोलिमा अटाएका छन् । फिल साल्ट र टम हेल्म गरी नौ जना नयाँ अनुहारले पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि स्थान पाएका छन् ।
ज्याक बल, डैनी ब्रिग्स, लेविस ग्रेगोरी, बेन डकेट्ट, सकिब महमूद, देविड मलान, म्याट्ट पार्किन्सन, देविड पेन, जेम्स भिन्स १८ सदस्यीय टोलिमा स्थान पाएका छन् ।
क्रिस सिल्भरऊड आरामपछि प्रशिक्षकको रुपमा फर्किनुभएको छ ।