क्रिकेट | खेलकुद |

श्रीलङ्काली खेलाडी आईसोलेशनबाट बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, असार २८ गते । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलिका खेलाडीहरु आइसोलेशनबाट बाहिरिएका छन् । कोभिड १९ को पछिल्लो परीक्षणमा सङ्क्रमणको पुष्टि नभएपछि सबै खेलाडी आईसोलेशनबाट बाहिरिएका छन् ।
श्रीलङ्गा क्रिकेट टोलिका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र टिम विश्वलेषक जीटी निरोशन कोभिड १९ बाट सङ्क्रमित भएपछि टोलि नै आईसोलेशनमा बस्नुपरेको थियो । खेलाडीमा सङ्क्रमण नरहेको पुष्टि भएपछि प्रशिक्षक र निरोशन भने बुधबारसम्म आईलोशनमै बस्नुपर्नेछ ।
खेलाडीहरु सङ्क्रमित भएपछि श्रीलङ्का र भारतबीचको एकदिबसीय र टी ट्वान्टी श्रृखंला एक साताको लागि धकेलिएको छ । जुलाई १२ बाट नै सुरु हुने भनिएको एकदिबसीय श्रृखंलाको पहिलो खेल अब जुलाई १८ मा हुनेछ ।