क्रिकेट | खेलकुद |

क्यानले ‘फिटनेश’ प्रशिक्षक माग्यो

गोरखापत्र अनलाइन
काठमाडौं, असार ३० गते । नेपाल क्रिकेट सङ्घ(क्यान)ले फिटनेश प्रशिक्षकका लागि पदपूर्ति आव्हान गरेको छ । क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीका लागि प्रशिक्षक आव्हान गरेको हो ।
नेपाल क्रिकेट सङ्घले बुधबार एक सूचना प्रकाशन गरी फिटनेश प्रशिक्षक(लेभल २)को माग गरेको छ । उम्मेदवारले बेलायत, अष्ट्रेलिया र भारत वा अन्य सम्बन्धित संस्थाबाट मान्यताप्राप्त अध्ययन पूरा गरेको हुनुपर्नेछ । निवेदकका लागि खेलकुद टोलीसँग रहेर काम गरेको दुई वर्षको अनुभब हुनुपर्ने, क्रिकेट टोलीसँग काम गरेको अनुभव बोकेकालाई प्राथमिकता दिइने तथा खेलाडीको क्षमता बुझेर सहयोग गर्ने हुनुपर्ने अनुभव तोकिएको छ ।
विश्वब्यापी रुपमा नै क्रिकेटमा खेलाडीलाई चोटपटकबाट बच्ने कौशल सिकाउन तथा शारीरिक तन्दुरुस्तीका लागि फिटनेश प्रशिक्षक राख्ने अभ्यास सामान्य भइसकेको छ ।