क्रिकेट | खेलकुद |

लगातार तीन हारपछि अष्ट्रेलियाको पहिलो जित

गोरखापत्र अनलाइन
काठमाडौं, असार ३१ गते । लगातार तीन अन्तर्राष्ट्रिय टी ट्वान्टीमा हार बेहोरेपछि अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । वेष्टइन्डिज बिरुद्धको चौथो टी ट्वान्टी खेलमा जित हात पारेर अष्ट्रेलिया लयमा आएको देखिएको छ । यद्दपी उसले खेल अन्तिम ओभरमा मात्रै वेष्टइन्डिजलाई हराउन सफल भयो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिज २० ओभरमा छ विकेटको क्षतिमा मात्र १८५ रन जोडदा चार रनले हार्न पुग्यो । वेष्टइन्डिजको पारीमा ओपनर लेन्डी सिमोन्सले सर्बाधिक ७२ रनको योगदान दिनुभयो । एभिन लेविसले ३१ तथा फाबियन एलेनले २९ रनको योगदान दिए । आन्द्रे रस्स्ैलले मात्र १३ बलमा तीन छक्का लगाएर १६ रनमा अविजित रहेपनि टोलिलाई जिताउन सक्नुभएन ।
अष्ट्रेलियाली बलरहरुमा मिशेल मार्सले सर्बाधिक तीन तथा एडम जाम्पाले दुई र रिली मेरिथले एक विकेट लिए ।
त्यसअघि, ग्रस आइसलेटमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाहुना टोलि अष्ट्रेलियाले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १८९ रनको सम्मानजनक योगफल तयार गर्यो । अष्ट्रेलियाको पारीमा कप्तान आरोन फिञ्चले ५३ तथा मिशेल मार्शले ७५ रनको योगदान दिए । डेन क्रिश्चियनले २२ रन बनाएर अविजित रहनुभयो ।
वेष्टइन्डिजका हेडन वाल्शले सर्बाधिक तीन तथा ओशाने थोमस, आन्द्रे रस्सैल र फाबियन एलेनले एक एक विकेट लिए । मिशेल मार्श प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।