बङ्गलादेशले जिम्बावे बिरुद्धको श्रृखंला २–० ले जित्यो
गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । बङ्गलादेशले जिम्बावे बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंला २–० ले जितेको छ । दोस्रो एकदिबसीय खेलमा जिम्बावेलाई तीन विकेटले हराएर बङ्कलादेशले श्रृखंलामा एक खेल खेल्नु अगाबै २–० ले आफ्नो पक्षमा पारेको हो ।
जिम्बावेले प्रस्तुत गरेको २४१ रनको लक्ष्य बङ्गलादेशले खेल सकिन पाँच बल बाँकी छदा सात विकेटको क्षतिमा २४२ रन बनाएर पुरा गर्यो । बङ्गलादेशको जितमा शकीब अल हसनले अविजित रहँदै सर्बाधिक ९६ रनको योगदान दिनुभयो ।
त्यसअघि, हरारेमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको जिम्बाबवेले पचास ओभरमा नौ बिकेटको क्षतिमा २४० रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ब्रेन्डन टेलरले ४६ तथा वेस्ली मधेभेरेले सर्बाधिक ५६ रनको योगदान दिए ।