ईपीएलको प्रसारण अधिकार अष्ट्रेलियाली कम्पनीले पायो
गोरखापत्र अनलाइन
काठमाडौं, साउन ५ गते । एभरेष्ट प्रिमियर लिग(ईपीएल) टी ट्वान्टी क्रिकेट लिगको प्रसारण अधिकार ‘मरोन मीडिया’ले पाएको छ । ईपीएलले सामाजिक सञ्जालमा प्रसारण अधिकारको सम्झौताको जानकारी साझा गरेको हो । मरोन मीडिया अष्ट्रेलियाली कम्पनी हो ।
ईपीएलको चौथो संस्करण सेप्टेम्बर २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा कुल छ टोलि सहभागी हुनेछ । प्रसारण अधिकार पाएको मरोन मीडियाले १५५ राष्ट्रमा प्रिमियर लिगको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
मरोन मीडियाले समेत प्रसारण अधिकारबारे सम्झौता भएको उल्लेख गरेको छ । उसले स्थानीय लिगलाई विश्वभरि प्रसारण गरेर विश्वब्यापी बनाउन महत्वपूर्ण हुने उल्लेख गरेको छ ।