क्रिकेट | खेलकुद |

शेन वार्नमा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, साउन १८ गते । अष्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्न कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । हाल उहाँ बेलायतको लण्डनमा हुनुहुन्छ । बेलायतमा जारी द हण्ड्रेड क्रिकेट लिगमा उहाँ लण्डन स्पिरिटका मुख्य प्रशिक्षक हुनुहुन्छ ।
आइतबार बिहान स्पिरिटको साउर्दन ब्रेभसँगको स्पर्धा अघि अस्वस्थ महसुस भएपछि उहाँको परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको र उहाँ हाल रिपोर्टको लागि पर्खिनुभएको बताइएको छ । हण्ड्रड सुरु भएको दश दिनमा शेन वार्न कोरोनाबाट सङ्क्रमित हुने दोस्रो मुख्य प्रशिक्षक हुनुहुन्छ । यसअघि ट्रेन्ट रकेटका एन्डी फ्लावर सङ्क्रमित हुनुभएको थियो । उहाँ हाल आइसोलेशनमा हुनुहुन्छ ।