बङ्गलादेशले दोस्रो टी ट्वान्टीमा पनि अष्ट्रेलियालाई हरायो
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २१ गते । बङ्गलादेशले दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टीमा समेत अष्ट्रेलियालाई हराएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा बङ्गलादेशले अष्ट्रेलियामाथि यो लगातार दोस्रो जित हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १२२ रनको झिनो लक्ष्य बङ्गलादेशले खेल सकिन आठ बल बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । ६७ रनमै पाँच विकेट गुमाएको बङ्गलादेशका लागि अफिफ होस्सैन र नुरुल हसनले अविजित रहँदै ५६ रनको साझेदारी गर्नुभयो । अफिफले ३७ तथा नुरुलले २२ रनको पारी खेल्नुभयो । त्यसअघि, शकीब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाएर स्थिरता प्रदान गर्नुभयो ।
अष्ट्रेलियाली पारीमा मिशेल स्टार्क, जोश हयाज्लऊड, आष्टन एगर, एडम जाम्पा र एन्ड्रयु टाइले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेटको क्षतिमा मात्र १२१ रन जोडन सक्यो । उसको पारीमा मिशेल मार्शले सर्बाधिक ४५ तथा मोइजेज हेनरिक्सले ३० रनको योगदान दिनु अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन ।
बङ्गलादेशी बलरहरुमा मुस्तफिजुर रहमानले सर्बाधिक तीन तथा शोरिफुल इस्लामले दुई एवम् मेहदी हसन र शकीब अल हसनले सामान एक एक विकेट लिनुभयो ।