पहिलो पारीमा भारतलाई ९५ रनको अग्रता
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । इंग्ल्याण्ड बिरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा भारतले ९५ रनको अग्रता लिएको छ । जवाबमा तेस्रो दिन नै आफ्नो दोस्रो पारीको सुरुवात गरेको इंग्ल्याण्डले वर्षाले खेल अबरुद्ध हुनु अघि बिना कुनै क्षतिमा २५ रन जोडेको छ । उसको पारी डम सिब्लीले नौ तथा रोरी बनर्सले ११ रन बनाएर चौथो दिनको खेल अगाडि बढाउनुहुनेछ । इंग्ल्याण्ड पहिलो पारीमा अझै ७० रनले पछाडि रहेको छ । वर्षाले करिब दुई दिनको खेल अबरुद्ध भएपछि पहिलो टेष्ट खेल बराबरीमा सकिने जोखिम बढेको छ ।
त्ययसअघि, नट्टीघंममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा १८३ रनको झिनो योगफलमा समेटिन पुग्यो । इंग्ल्याण्डको पारीमा कप्तान जोइ रुटले बनाउनुभएको ६४ रन सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । भारतका लागि जसप्रित बुमराहले सर्बाधिक चार, मोहम्मद सामीले तीन तथा श्रद्धुल ठाकुरले दुई र मोहम्मद सिराजले एक विकेट लिनुभयो ।
जवाबमा भारतले पहिलो पारीमा २७८ रनको योगफल तयार गर्यो । भारतीय पारीमा ओपनर रोहित शर्माले ३६ तथा के एल राहुलले ८४ रनको योगदान दिनुभयो । पूछारमा रबिन्दर जडेजाले ५६ रनको उत्कृष्ट पारी खेलेपछि भारतले ९५ रनको बढत लिन सफल भयो । जसप्रित बुमराहले २८ रनको योगदान दिनुभयो ।