रबि रामपौल ‘इन’, सुनिल नारैन ‘आउट’
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । वेष्टइन्डिज क्रिकेट बोर्डले टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने टोलिको घोषणा गरेको छ । १५ सदस्यीय टोलिमा सुनिल नारैन हुनुहुन्न ।
शुक्रबार बिहान घोषणा गरिएको टोलिमा ३६ वर्षीय रामपौलले छ वर्षपछि क्रिकेटको टी ट्वान्टी स्वरुपमा पुनरागमन गर्नुभएको छ । उहाँले पछिल्लो पटक सन् २०१५ को नोभेम्बरमा टी ट्वान्टी खेल्नुभएको थियो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा हालसम्म ‘डेब्यु’ नगरेका रोष्टन चेजले समेत स्थान पाउनुभएको छ ।
क्यारन पोलार्डको नेतृत्वमा घोषित टोलिका सदस्यमा निकोलास पूरन, फाबियन एलेन, ड्वायन ब्राभो, आन्द्रे फ्लेचर, क्रिस गेल, शिमरन हैटमर, एभिन लेविस, ओबेड म्याक्कै, आन्द्रे रस्सैल, लेण्डी सिमोन्स, ओशेन थोमस, हेडन वाल्श, डारेन ब्राभो, शेल्डन कट्रेल, जैसन होल्डर र अकिल होसैन हुनुहुन्छ । अकैल, जैसन, शेल्डन र डारेन आरक्षित खेलाडीको रुपमा रहनुहुनेछ ।