क्रिकेट | खेलकुद |

पहिलो टी ट्वान्टीमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई हरायो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा श्रीलङ्कालाई २८ रनले हराएको छ । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पुरै २० ओभर खेल्दा छ विकेटको क्षतिमा मात्र १३५ रन जोड्न सक्यो । दिनेश चन्दिमलले अविजित रहँदै ६६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन । अर्का ब्याट्सम्यान चमिका करुणारत्ने २२ रन बनाएर अविजित रहनुभयो ।
दक्षिण अफ्रिकाका लागि जोर्न फोरट्युन, एनरिक नोर्जे, केशव महाराज, तब्रैज सम्सी र ड्वायन प्रिटोरियसले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६३ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ओपनर क्विन्टन डे कक र रीजा हेण्ड्रीक्सले पहिलो विकेटको लागि ७३ रनको साझेदारी गर्नुभयो । ककले ३६ तथा हेण्ड्रीक्सले ३८ रनको योगदान दिनुभयो । एैडन मरक्रमले ४८ रनको योगदान दिनुभयो ।
श्रीलङ्काका लागि दुश्मन्थ चमीरा, महीश तीक्ष्णा र दसुन सनाकाले एक एक र वनिन्डु हसरङ्गा डे सिल्भाले दुई विकेट लिनुभयो ।