क्रिकेट | खेलकुद |

दीपेन्द्र सिंह ऐरी लिग–२ बाट बाहिरिनुभयो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलिका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी विश्वकप क्रिकेट लिग–२ बाट बाहिरिनुभएको छ । खुट्टाको जोर्नीमा आएको चोटका कारण उहाँ लिग–२ नखेल्ने स्थितिमा पुगेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । उहाँको खुट्टाको जोर्नीको ‘एटीएफएल’ भाँचिएको क्यानले उल्लेख गरेको छ ।
क्यानका अनुसार चिकित्सकले दीपेन्द्रलाई दुई साताको आरामको सुझाब दिएको छ । दीपेन्द्र नेपालको राष्ट्रिय क्रिकेट टोलिको मध्यक्रमका भरपर्दो ब्याट्सम्यान हुनुहुन्छ । चोटकै कारण पपुवान्यूगिनी विरुद्धको दुई खेलमा समेत दीपेन्द्र खेल्न पाउनुभएन । नेपालले भोलिदेखि ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्दैछ ।