क्रिकेट | खेलकुद |

नेपालले टस जित्यो,पहिला ब्याटिङ गर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । ओमान विरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमानको एल एमिरात क्रिकेट रङ्गशालामा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ रोज्नुभएको हो ।
विश्वकप क्रिकेट लिग –२ अन्तर्गत अमेरिका सम्मिलित प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । अपेक्षाकृत सशक्त प्रतिद्वन्दी ओमान विरुद्ध नेपालले अमेरिकासँग खेलेको टोलीका कुनै बदलाब नगरेको बताइएको छ ।