क्रिकेट | खेलकुद |

नेपाली महिला क्रिकेट टिम बङ्गबन्धु बिकेएसपी मैत्री टि२० काे  तीन खेल शृङ्खला जित्न सफल

गोरखापत्र समाचारदाता

कठमाडौँ, कात्तिक २४ गते । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बङ्गलादेशको बिकेएसपीसँगको बङ्गबन्धु बिकेएसपी मैत्री टि२० क्रिकेटकाे  तीन खेलको शृङ्खला जितेको छ ।

नेपालले बुधबार तेस्रो तथा अन्तिम खेलमा घरेलु टिमलाई सात विकेटले हरायो । सो नतिजासँगै नेपालले २–१ ले शृङ्खला हात पार्यो । पहिलो खेल नेपालले २४ रनले जितेको थियो । तर बङ्गलादेशको टिमले दोस्रो खेल पाँच विकेटले जितेर शृङ्खला बराबर गरेको थियो ।

नेपाली महिला क्रिकेट टिम विश्वकप एसिया छनोटको तयारमिा बङ्गलादेशमा बन्द प्रशिक्षणमा रहेको छ । सोही प्रशिक्षणअन्तर्गत नेपालले बिकेएसपीसँग तीन खेलको मैत्री शृङ्खला खेलेको हो । विश्वकप एसिया छनोट युएएमा नोभेम्बर २२ तारिखमा सुरु हुँदैछ ।

अन्तिम खेलमा पहिले ब्याटिङ गरेको बङ्गलादेशको टिम १६.५ ओभरमा ५३ रनमा अलआउट भएको थियो । कप्तान रुविना क्षेत्रीले तीन ओभरमा मात्र छ रन दिएर चार विकेट लिएपछि बङ्गलादेशी टिमको पालि धराशायी भएको हो । रुविना नै प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज घोषित हुनुभयो । यसैगरी, करुणा भण्डारीले दुई तथा सीता राना मगर र कविता कुँवरले एक÷एक विकेट लिनुभयो ।

नेपालले १४.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य हािसल गर्यो । कविजेता जोशी र सरिता मगरले आउट नभइकन क्रमशः १४ र १३ रन बनाउनुभयो । काजल श्रेष्ठले पनि १० रनको योगदान दिनुभयो । सीता रानामगर पाँच र इन्दु वर्मा छ रनमा आउट हुनुभयो ।