क्रिकेट | खेलकुद |

सुदूरपश्चिम फाइनलमा प्रवेश

काठमाडौँ, फाल्गुन १४ गते । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३८ रनले हरायो । सुदूरपश्चिमले दिएको एक सय २९ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा पाँच विकेटको क्षतिमा ९० रनमा समेटिएको थियो ।

लुम्बिनीका लागि नेरी थापाले २३ रन बनाउनुभयो । आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधरीले १० रन जोड्नुभयो । बलिङमा सुदूुरपश्चिमकी कविता कुँवर र सम्झना खड्काले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय २८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले ४२ रन बनाउनुभयो ।

ऋतु कोनौजियाले ३३, कविता जोशीले ३२ र कविता कुँवरले अविजित १० रन बनाउनुभयो । बलिङमा लुम्बिनीका नेरी थापाले तीन तथा कृतिका मरासिनीले एक विकेट लिनुभयो । जितसँगै सुदूरपश्चिमले चार खेलबाट ६ अंक बनाएको छ । सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । हारसँगै दुई अंक बनाएको लुम्बिनी बाहिरिएको छ । फाइनलमा सुदूरपश्चिमले एपीएफसँग खेल्नेछ । खेल खेल खेल्न बाँकी रहेको एपीएफको पनि ६ अंक छ ।