क्रिकेट | खेलकुद |

एपीएफ अपराजित बन्दै फाइनलमा

काठमाडौँ, फाल्गुन १५ गते । नेपाल एपीएफ क्लब अपराजित रहदै ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा आइतबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १० विकेटले हरायो ।

लिग चरणमा चारै खेल जितेको एपीएफले फाइनलमा सोमबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । ४५ रनको सामान्य विजय लक्ष्य एपीएफले ६.४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपीएफको जितमा ज्योती पाण्डेले अविजित २२ रन तथा सिता रानामगरले अविजित १७ रन बनाउनुभयो ।

यसअघि टस जितेर लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ४४ रन बनायो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक १५ र लक्ष्मी चौधरीले ११ रन बनाए । बलिङमा एपीएफका लागि रेखा रावलले सर्वाधिक तीन तथा सुमन विष्टले एक विकेट लिनुभयो ।