क्रिकेट | खेलकुद |

नेपाल–पाकिस्तान मैत्री क्रिकेट सुरु

काठमाडौँ, फाल्गुन १८ गते । सातौँ संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगिताको बुधबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।

उद्घाटन अवसरमा नेपालका लागिग पाकिस्तानका राजदूत सयद हैदर शाहले प्रतियोगिताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताउनु भयो । फाल्गुन २६ गतेसम्म संचालन हुने प्रतियोगितामा पाकिस्तान दूतावास क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको छ । चारै समूहका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूताबास र एचके क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो ।