क्रिकेट | खेलकुद |

नेपालको ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

काठमाडौं, चैत ३ गते । नेपालको पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बंगलादेशको कक्स बजारमा चैत १३ देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

आरपी खरेलको कप्तानीमा खेलाडी टोली १४ सदस्यीय हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकसहित १७ सदस्यीय नेपाली टोली चैत ११ गते बंगलादेश प्रस्थान गर्ने संघले जनाएको छ । नेपाली टोलीले अहिले डिएभी स्कुल र सेन्ट जेभियर्स स्कुलमा प्रशिक्षण गरिरहेको छ ।