विश्वकप लिग–२ : यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य
काठमाडौं, चैत ४ गते। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएईले १६९ रनको लक्ष्य दिएको छ।
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको यूएईले नेपाललाई १६९ रनको चुनौती दिएको हो। नेपालले यूएईलाई ४६ ओभर ३ बल बाँकी हुँदा १६८ रनमा अलआउट गरेको हो।
शुक्रबारको खेलमा यूएईको ब्याटिङलाई कमजोर बनाउन नेपालका सोमपाल कामीले एक्लै चार विकेट लिए। करण केसीले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिएका छन्।
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दु्ई विकेटले हराएको नेपाल लगातार दुई जित निकाल्ने लक्ष्यका साथ मैदानमा छ।